चीनको चमत्कारः फाइटर जेट जुन दुश्मनको रेडारमा देखिने छैन

मूलखबर संवाददाता
काठमाडौं

चिनियाँ वैज्ञानिक र इन्जिनियरहरुले विमान रेडारमा नदेखिने नयाँ खालको प्लाज्मा स्टिल्थ उपकरण तयार पारेको दाबी गरेका छन्।

यसअघिका प्रविधिले विमानवरिपरि प्लाज्माको बादल बनाउँथ्यो। तर, यो नयाँ उपकरण सिंगै विमान नभई दुश्मनको रेडारमा देखिने जोखिम उच्च रहेका ककपिटलगायत अन्य क्षेत्रमा राख्न सकिने बताइएको छ।

‘यसको संरचना सरल छ, शक्ति धेरै र प्लाज्मा घनत्व पनि सघन छ,’ यो परियोजनामा संलग्न वैज्ञानिक तान चाङले चाइजिन जर्नल अफ रेडियो साइन्समा प्रकाशित अध्ययनमा लेखेका छन्।

यसलाई चाँडै चिनियाँ सैन्य विमानहरुमा प्रयोग गरिने बताइएको छ।

यो प्रविधि चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गत सियान एरोस्पेस प्रोपल्सन इन्स्टिच्युटको प्लाज्मा टेक्नोलोजी सेन्टरले विकास गरेको हो।

चिनियाँ सेना
२०१९ को तथ्यांक अनुसार सबै किसिमका सेनामा २०,३५००० सक्रिय सैनिक लिएर चीन विश्वकै सबैभन्दा बढी सक्रिय सैनिक हुने देश हो। यसका साथै चीनसँग ५,१०००० ‘रिजर्भ फोर्स’ पनि छ। तपाईँले परम्परागत रूपमा सुनेको जल ( नेभी), थल (ग्राउन्ड), नभ (एयरफोर्स) सेनाका अतिरिक्त आधुनिक विश्वमा सेनाका केही नयाँ अवतार पनि थपिएका छन्। ती हुन्- ‘रकेट फोर्स’ र ‘स्ट्रेजिक सपोर्ट फोर्स।’

‘रकेट फोर्स’ शब्दले नै बुझिन्छ ,’स्ट्रेजिक सपोर्ट फोर्स’ अन्तर्गत साइबर – स्पेस -इलेक्ट्रानिक ‘वारफेयर’ को काम हुन्छ। १७७ बिलियन डलर वार्षिक बजेट रहेको चीन यस मामलामा विश्वको दोश्रो रैंकिंगमा पर्छ।

अमेरिकी दाबी
चीनसँग ठूलो परिणाममा आणविक हतियार हुन सक्ने अमेरिकाले दाबी गरेको छ । चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।

रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्म चीनसँग ७०० ओटा आणविक हतियार हुनेछ । चीनले आणविक हतियारको सख्ंयालाई सन् २०३० मा १ हजार पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।

‘जनगणतन्त्र चीनले स्थल, समुद्र र वायुमा चल्ने आणविक शक्ति तीब्र पारिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।