
कपिलवस्तुमा यात्रुबस दुर्घटना : १० काे मृत्यु, २४ घाइते
महेन्द्रनगरबाट काठमाडौं आउदै गरेकाे यात्रुबस गए राति कपिलबस्तु जिल्लाकाे सुरई खाेलामा दुर्घटना हुँदा १० जनाकाे घटनास्थलमा मृत्यू भएकाे छ ।
दुर्घटनामा घाइते भएका २४ जना मध्ये ११ जनाकाे बुटवलमा र १३ जनाकाे कपिलवस्तुकाे चन्द्राेटामा उपचार भईरहेकाे जानकारी कपिलवस्तुका प्रजिअवाट प्राप्त भएकाे छ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।
