विहान उठेर पढ्ने चलनको वैज्ञानिक पाटो, थाहा पाउनुस् यस्तो बानीका फाइदा

मूलखबर संवाददाता
काठमाडौं

गाउँघरमा मानिसहरू सवेरै उठ्छन्। धेरैजसो ४ वा ५ बजे उठिसक्छन्। तर सहरमा भने ढिलो उठ्ने चलन हुन्छ।

तपाईंले सधैं ठूलाबडाले बनेको सुन्नुभएको होला बिहान चाँडै उठेर पढ्ने गर । तर, तपाईंले यस्तो किन भनेको होला भनेर कहिल्यै सोच्नुभएको छ ? आउनुहोस् जानौं बिहान चाँडै उठेर पढ्दा हुने फाइदाका बारेमा ।

बिहानको समयमा वरिपरिको वातावरण एकदमै शान्त हुन्छ । घरमा एकदमै शान्ति हुने भएकाले विद्यार्थीले पढाइमा राम्रोसँग ध्यान केन्द्रित गर्न सक्छन् ।


बिहानको समयमा व्यक्तिले अन्त ध्यान नलगाई पढाइमा मात्र एकाग्र भएर पढ्ने गर्छ । यस्तोमा मन शान्त रहन्छ र सम्पूर्ण दिन पनि ताजगीपूर्ण हुन्छ ।

यदि तपाईं बिहान उठेर पढ्नुहुन्छ भने तपाईंलाई आफ्नो लागि धेरै नै समय बच्छ । बिहान पढाइ गर्नाले तपाईंलाई धेरै चिज छिटो याद पनि हुन्छ । यसरी बिहानको समयमा तपाईंले पढाइलाई सक्नुभयो भने अन्य आफ्ना रुचिका विषयलाई पनि समय दिन सक्नुहुन्छ ।

बिहानको समय हाम्रो शरीरमा भरपूर ऊर्जा हुन्छ । यस्तोमा कुनै पनि विषयलाई छिटो सम्झन तथा याद गर्न सजिलो हुन्छ । यसो गर्नाले विस्तारै हाम्रो स्मरण शक्ति बलियो हुँदै जान्छ ।

दैनिक बिहान छिटो उठ्नाले हाम्रो शरीरमा कैयौं प्रकारका लाभहरू पाउन सकिन्छ । यसो गर्नाले तपाईं तनावलाई पनि भगाउन सक्नुहुन्छ र सम्पूर्ण दिन ताजा महसुस गर्नुहुन्छ ।

परीक्षाको समयमा बिहान छिटो उठेर पढ्ने गरेमा परीक्षा पनि राम्रो हुन्छ । किनकि, बिहान पढेको कुरा छिटो याद हुन्छ पनि भनिन्छ ।

परीक्षाका लागि पढ्ने समयमा कैयौंपटक हामीलाई डर लाग्ने गर्छ । त्यसैले, बिहान छिट्टै उठेर समयमै पढाइलाई रिविजन गर्नुभयो भने परीक्षामा सजिलो हुन्छ । जस्तोसुकै परिस्थिति आए पनि तपाईंले व्यवस्थापन गर्न सक्नुहुनेछ ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।