विदेशी मुद्राको भाउ, डलर, पाउण्ड र युरो घट्दा अरूको अवस्था के !

मूलखबर संवाददाता
काठमाडौं

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ।

अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलर, पाउण्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ ०५ निर्धारण भएको छ। शुक्रबार युरो एकको खरिददर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ थियो।

त्यसैगरी आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा तोकिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा थियो।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। शुक्रबार कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। शुक्रबार कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ १६ पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४१ पैसा तोकिएको छ। शुक्रबार बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६० पैसा थियो।

आज बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। शुक्रबार बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रुपैयाँ १८ पैसा थियो।

त्यसैगरी आजको लागि अस्टेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। शुक्रबार अस्टेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा थियो।