फिटनेसको सूत्रः यी हुन् आफ्नै निवासमा गर्न सकिने उपयोगी एक्सरसाइज
खराब जीवनशैली तथा खानपानको कारणले मोटोपनको समस्या आम भइसकेको छ । तपाईँ जीम जान पनि अल्छी गर्नुहुन्छ भने केही कसरत घरमै गरेर पनि आफूलाई फिट राख्न सक्नुहुन्छ ।
स्ट्रेचिंग गर्ने
शरीरलाई फिट राख्नका लागि घरमै स्ट्रेचिंग वा वेट लिफ्टिङ गर्न सकिन्छ । स्ट्रेचिंग गर्नाले मांसपेशीहरू बलियो हुन्छन् । साथमा यसले हड्डीलाई पनि बलियो बनाउँछ । यसका लागि दैनिक रूपमा १० मिनेट जति स्ट्रेचिंग गर्न राम्रो हुन्छ ।
स्क्वाट्स गर्ने
शरीरको तल्लो भागलाई फिट राख्न तपाईँ घरमै स्क्वाट्स गर्न सक्नुहुन्छ । यसले शरीरको तल्लो भागलाई कसिलो बनाउनुका साथै स्वस्थ बनाउन सहयोग गर्छ । यसका लागि १५ मिनेट जति घरमै स्क्वाट्स गर्न सकिन्छ ।
बर्पी कसरत
सम्पूर्ण शरीरलाई फिट राख्नका लागि बर्पी कसरत गर्न सकिन्छ । बर्पीले खुट्टा र छातीको मांसपेशीहरूलाई बलियो बनाउँछ । यो कसरतमा पुसअप, उफ्रने तथा स्क्वाट आदि पर्दछन् ।
कार्डियो
तपाईँ घरमा दैनिक रूपमा २० मिनेट कार्डियो गरेर पनि स्वस्थ रहन सक्नुहुन्छ । कार्डियो मुटुका लागि फाइदाजनक हुन्छ । यो गर्नाले मुटुका रक्तनली बलियो हुन्छन् ।
प्ल्यांक कसरत
शरीरलाई फिट राख्न तथा मांसपेशीलाई बलियो बनाउन प्ल्यांक पनि एउटा राम्रो विकल्प हुन्छ । यो कसरतलाई तपाईँले दैनिक रूपमा एक मिनेटका लागि गर्न सक्नुहुन्छ ।
खानपानको ख्याल
कसरत गर्नुका साथमा तपाईँले आफ्नो खानपानको पनि विशेष ध्यान दिन जरुरी हुन्छ । यसका लागि खानपानमा फल तथा तरकारीको मात्रा बढाउन सक्नुहुन्छ ।