जाडो मौसममा स्वास्थ्यबारे ध्यान दिनैपर्ने कुराहरू, यस्ता गल्ती नगर्नुस्

मूलखबर संवाददाता
काठमाडौं

मौसम परिर्वतन भएसँगै हामीले स्वस्थ्य रहनका लागि विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ। जाडोमा विशेषगरी अपनाउनुपर्ने केही सावधानी यस्ता छन्।

– हिँडाइको गति कम गर्ने
चिसोमा मुटुमा जोखिम घटाउन हिँडाइ‌को स्पिड कम गरेर हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ।

– चिसो हावा र पानी परेको बेलामा बाहिर व्यायाम गर्न निस्किनु हुँदैन।

– पानी प्रशस्त पिउने
शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ।

– धेरै चिल्लो खानेकुरा नखाने
जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो तथा फ्राइ खानेकुरा हुने पार्टी-भोजमा सतर्क हुनुपर्छ।

– व्यायाम गर्ने
शारीरिक व्यायाम सुरु गर्नुभन्दा अघि शरीरलाई सक्रिय बनाउने अनि व्यायाम सुरु गर्ने गर्नुपर्छ।

– चिसोमा हिँड्दा छाती दुख्नु
मुटु रोगको प्रमुख लक्षण ‘एन्जिना’ चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी हुन्छ।

– मदिरा र चुरोट सेवन नगर्ने
जाडो महिनामा मुटु‌मा हुने असरलाई मदिरा तशा धुम्रपानले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ।

– सुगर, प्रेसर कोलेस्ट्रोलको राम्रो नियन्त्रण
जाडो महिनामा प्रेसर, सुगर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरूरी छ।

– औषधिको नियमित प्रयोग
मुटु रोग, प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाई नियमित खानुपर्छ।

– व्यायामको बेलामा चिसोबाट सुरक्षा
यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको कान, हात छोपेर हिँड्नुपर्छ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।