फ्रान्समा ३४ वर्षका समलिंगी एटल प्रधानमन्त्री नियुक्त
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बन्नुभएको छ ।
धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा राष्ट्रपति म्याक्रोनले स्वीकार गर्नुभएको थियो । यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र यस गृष्ममा युरोपेली संसद्को निर्वाचनभन्दा पहिला भएको छ । म्याक्रोनको मध्यमार्गी शक्ति मरिनले पेनको नेतृत्वमा अति दक्षिणपन्थीको हातबाट पराजयको जोखिममा छ ।
म्याक्रोनले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहनु भएको बेला यसै साता मन्त्रिपरिषदमा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ । राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, “गणतन्त्रका राष्ट्रपतिले श्ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ र उहाँलाई सरकार बनाउने जिम्मेबारी दिनुभएको छ ।”
फ्रान्सेली सरकारको नेतृत्व गर्ने दोस्रो महिला बोर्नपछि एटलले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने तयारी गर्नुभएको छ ।
जनताबाट लोकप्रियता हासिल गर्न आवश्यक नभए पनि आफ्नो विनम्र र बकवास आचरणले एटलले सहकर्मीहरूबाट सम्मान पाउनुभएको छ । उहाँ राजनीतिकरूपमा महत्त्वपूर्ण शिक्षा मन्त्रालयमा आफ्नो कार्यकालपछि सरकारमा सबैभन्दा लोकप्रिय व्यक्ति हुनुहुन्छ ।