तपाईंलाई थाहा छ कसरी हुन्छ मिर्गौलाको पत्थरी ? यसरी जोगिनुस्

मूलखबर संवाददाता
काठमाडौं, १९ पुस

नेपालमा धेरै मानिसलाई मिर्गौलामा पत्थरी हुने गरेको छ। मिर्गौलामा पत्थरी हुनु निकै पीडादायक हुन्छ। पत्थरी हुँदा असैह्य दुखाइ हुन्छ। तर, मिर्गौलामा पत्थरी किन हुन्छ भन्ने कुरामा हामी सजग हुन आवश्यक छ।

मिर्गौलामा पत्थरी हुँदा हाम्रो शरीरमा थुप्रै संकेत देखिन्छन्। समयमै यसका लक्षण पहिचान गर्दै चिकित्सककोमा पुगे यसले दिने सास्तिबाट जोगिन सकिन्छ।

पत्थरी नुन र खनिजको संग्रह हो। जो बढी क्याल्सियम र यूरिक एसिडबाट बनेको हुन्छ। जब हाम्रो शरीरमा भएको केही खनिज पिसावमा जम्मा हुन्छ त्यस्तो अवस्थामा मिर्गौलामा पत्थरी जम्मा हुन थाल्छ। यसैलाई मिर्गौलाको पत्थरी भनिन्छ।

मिर्गौलामा पत्थरी हुँदा पेट मुनीको भाग दुख्छ। पटक-पटक पिसाब लाग्छ। पिसाबको रंग फेरिन्छ। पिसाब गर्दा जलन हुन्छ। ज्वरो र बान्ता आउने हुन्छ।

पिसाबमा रगत आउँदा मिर्गौलाको पत्थरी गम्भीर भएको भन्ने हुन्छ। पिसाब गुलाबी तथा पहेलो रंगको आउँदा पनि मिर्गौलाको गम्भीर पत्थरीको लक्षण हो। यस्तो अवस्थामा तुरुन्तै डाक्टरलाई देखाउनुपर्छ।

मिर्गौलामा बन्ने पत्थरी फरक-फरक आकारको हुन्छ। जब यो पत्थरी ठूलो हुन्छ यसले दु:ख दिने गर्छ। पत्थरीलाई अप्रेसनको माध्यमबाट निकालिन्छ। आजभोली लेजर अप्रेसनको सहयोगले पनि पत्थरी निकाल्न सकिन्छ। यो पद्धतिबाट चिरफार बिनै पत्थरी निकाल्न सकिन्छ।

मिर्गौलामा पत्थरी मुख्य कारण मोटोपन तथा डिहाइड्रेशन हो। जब हामी प्रयाप्त मात्रामा पानी पिउँदैनौं तब पत्थरीको जोखिम बढ्छ। प्रयाप्त मात्रामा पानी पिउँदा पत्थरीको जोखिमबाट मात्र जोगिने नभएर अन्य समस्याबाट समेत जोगिनसकिन्छ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।