हेल्थ टिप्सः हरेक विहान यसकारण पिउनुपर्छ कागती चिया
हामी नेपाली आफ्नो दिनको सुरुआत धेरै जसो घरमा चिया पिएरै गर्ने गर्छौं । त्यसैले यस्तो यदि तपाईंलाई पिउने पर्ने छ भने पनि स्वस्थ चिया पिउनुभयो भने स्वास्थ्यका लागि पनि फाइदा हुन्छ ।
दुधको चिया पिउनुहुन्छ भने आजैदेखि त्यो चियालाई कागतीको चियासँग परिवर्तन गर्नुहोस् । बिहान खाली पेटमा कागती चिया पिउँदा चियाको सन्तुष्टि पनि मेटिन्छ र स्वास्थ्यलाई पनि फाइदै फाइदा हुनेछ ।
कागती चियामा भिटामिन सी एकदमै राम्रो मात्रामा हुन्छ । यो एउटा शक्तिशाली एन्टीअक्सीडेन्टको रुपमा पनि काम गर्छ र शरीरका लागि एकदमै आवश्यक पनि हुन्छ ।
प्रजनन स्वास्थ्यमा सुधार गर्नका लागि शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन बनाउनु देखि लिएर अन्य काममा पनि यसले एकदमै राम्रो काम गर्छ ।
साथमा कागतीमा पोटाशियम पनि हुन्छ । यसबाहेक कागती चियामा प्रायः अदुवा पनि राख्ने गरिन्छ जसमा जिंजरोल नामक एक्टिव कम्पाउन्ड हुन्छ जसले धेरै कार्य गर्न सहयोग गर्छ ।
अदुवामा पनि एन्टीअक्सीडेन्ट्स तत्व हुन्छ । यसले शरीरलाई फ्री–रेडिकल्सबाट हुने नोक्सानबाट बचाउँछ र कोशिकालाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
दैनिक बिहान कागती चियाको सेवन गर्नाले तपाईंले धेरै नै फाइदाहरु प्राप्त गर्न सक्नुहुन्छ ।
– बिहान खाली पेट कागती चिया पिउँदा यसले शरीरमा भएको टक्सिनहरुलाई बाहिर निकाल्छ र शरीरलाई डिटक्सिफाई गर्छ ।
– यदी तपाईंलाई पाचन सम्बन्धी समस्या छ भने पनि दैनिक बिहान कागती चिया पिउनुहोस् समस्याबाट छुट्कारा पाउनुहुनेछ ।
– यदी तपाईंलाई छिट्टै रुघाखोकी लाग्ने भाइरल संक्रमण हुने गर्छ भने पनि दैनिक यो चिया पिउनुभयो भने यस्तो समस्याबाट पनि छुट्कार पाउनुहुनेछ ।
– त्यस्तै छालाका लागि पनि यो चिया एकदमै राम्रो हुन्छ । यसमा एन्टीअक्सीडेन्ट्स गुण हुने भएकाले यसले कपाल तथा छालालाई पनि राम्रो गर्छ ।
– त्यस्तै कागतीमा फ्लेवोनोइड्स हुन्छन् । कागती चिया पिउँदा कोलेस्ट्रोल र रक्तचापलाई पनि सन्तुलित राख्न पनि सहयोग हुन्छ । साथमा यसले हृदय सम्बन्धी रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।
यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।