भट्टीमा जाने अनि भन्ने – सरकारै खत्तम ?

रामहरि अधिकारी
काठमाडौं

नेपाल प्रहरीमा छँदा खाँदाको जागिर छोडेर रुसि सेनामा भर्ति हुन जाने ब्यक्ति तिन महिनामै युध्दमा मर्छ, अनि रमितेहरु भट्टिमा गफ गर्छन्, ” नेपालमा गरिखाने बातावरणनै नभएर बिचरा बिदेश भासिएको रहेछ , सरकारै खतम ।”
दुबईमा महिनाको ७० हजारको नोकरी गरिरहेको ब्यक्ति दलाललाई ५० लाख बुझाएर लुकि लुकि हिँडेर अमेरीका जान लाग्छ, र बाटोमा डुंगा पल्टेर मर्छ अनि अनि रमितेहरु भट्टिमा गफ गर्छन्, ” नेपालमा गरिखाने बातावरणनै नभएर बिचरा बिदेश भासिएको रहेछ , हाम्रो त सरकारै खतम ।”
काठमाडौँमा चार तले घर भएका नेपाल सरकारको अधिकृत स्तरका बाबु आमाको जन्मिदै करोडौँको मालिक बनेर जन्मेको एक्लो सन्तान बाह्र कक्षा सकेर ” पढ्न” भनि अमेरिका जान्छ, त्यहाँ गएर डिप्रेशन भएर आत्महत्या गर्छ, बाबुले छोराको लाश ल्याउन नसकेर कुशको दाहसंस्कार गर्छ, अनि रमितेहरु भट्टिमा गफ गर्छन्, ” नेपालमा गरि खाने बातावरणनै नभएर बिचरा बिदेश भासिएको रहेछ , हाम्रो त सरकारै खतम ।”
नेपालमा करोडौँको कारोबार गर्ने कालो कारवाला बाबु आमा आफ्नी एक्ली छोरीलाई बार्ह नसक्दै अष्ट्रेलिया पठाउँछन् , त्यहाँ उसलाई यौटा काले ले बर्बाद बनाउँछ, अनि रमितेहरु भट्टिमा गफ गर्छन्, ” नेपालमा गरि खाने बातावरणनै नभएर बिचरा बिदेश भासिएको रहेछ , हाम्रो त सरकारै खतम ।”
तर भट्टीमा गफ दिनेहरु को रहेछन् भन्दा खरदार ्सुब्बाको २५ हजारको जागिर खाएर करोडको घर बनाउने हरु,
१ करोडको सडकको ठेक्का ७५ लाखमा लिएर २५ लाख घुस बुझाएर आफ्नो खल्तिमा २५ लाख हालेर ६ महिना नटिक्ने २५ लाखको सडक बनाउनेहरु र यस्तै यस्तै रहेछन् ।
हैन कस्तो सरकार हो , १२ कक्षा पास केटाकेटीलाई देशमा पढ्नै नदिएर, बस्नै नदिएर बिदेश लखेट्ने ?