
चेक गणतन्त्रको राजधानीमा गोली चल्यो, बन्दुकधारीले गरे १४ जनाको हत्या
चेक रिपब्लिकको राजधानी प्रागमा एक बन्दुकधारीले गोली हानेर १४ जनाको हत्या गरेका छन् । राजधानीको ऐतिहासिक केन्द्रमा रहेको चाल्र्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली चलाउदा अन्य २५ जना घाइते भएका छन् ।
गोलीकाण्ड पछि २४ वर्षिय आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ । पछिल्लो घटनालाई आधुनिक चेकको इतिहासमा सबैभन्दा क्रुर घटनाका रुपमा प्रहरीले अथ्र्याएकोे छ ।
बन्दुकधारीले युनिभर्सिटीका कर्मचारीहरूलाई आक्रमणको क्रममा कोठामा लुक्न भनिए पनि उनीहरुलाई जोगाउन नसकिएको सुरक्षा अधिकारहरुले जनाएका छन् । कतिपय मानिसहरु हामफालेर भाग्दै गरेका दृष्य सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
आक्रमणकारी पनि सोही विश्वविद्यालयका विद्यार्थी रहेको प्रहरीको भनाई छ । उनले आक्रमण गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
