चिसो मौसमः एक गिलास अदुवा पानीले गर्न सक्छ जाडोमा जादु
अहिले जाडो मौसम चलिरहेको छ। जाडोमा अदुवाको ठूलो महत्त्व छ।
जाडोमा अदुवा पानीले कयौं प्रकारका रोगबाट बचाउन सहयोग गर्छ । यसको पानी पिउनु कुनै औषधि भन्दा कम हुँदैन । यसले शरीरको इम्यूनिटी बलियो बनाउनुका साथै चिसोबाट पनि जोगाउँछ ।
यदि तपाईंलाई रगतमा सुगरको मात्रा नियन्त्रण गर्नु छ भने अदुवाको पानीको सेवन गर्न सकिन्छ । यसले भोक नियन्त्रण गर्ने काम गर्छ ।
अदुवा पानीको सेवनले शरीर हाइड्रेट रहन्छ । जसले गर्दा विभिन्न समस्या आफै कम हुन्छन् ।
तपाईंलाई पाचन सम्बन्धी कुनै समस्या छ भने पनि अदुवा पानी फाइदाजनक हुन्छ । यसले कब्जियत, अपच जस्ता समस्यालाई निको पार्छ ।
छाला र कपालका लागि पनि अदुवा पानी एकदमै राम्रो मानिन्छ । यसमा पाइने भिटामिन ए र सी ले कपाल तथा छालाको समस्या कम गर्छ ।
अदुवा पानीले कोलेस्ट्रोल पनि कम गर्न सकिन्छ । यो मुटुका लागि पनि फाइदाजनक मानिन्छ ।
अदुवा पानी पिउनु थाइराइडको समस्याका लागि पनि फाइदाजनक हुन्छ ।
अदुवाको सेवन बढाउनुस्।