बागमती प्रदेश सरकारद्वारा १० अस्पतालकाे स्तराेन्नती गर्ने निर्णय

मूलखबर संवाददाता
हेटाैंडा, ४ पुस

बागमती प्रदेश सरकारले प्रदेशमा रहेका १० वटा अस्पतालकाे स्तराेन्नति गर्ने निर्णय गर्दै १६६९ वटा दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्री परिषको मंगलबार  बसेको बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १६६९ जना (प्राबिधीक सहित ) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दे हाल संचालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरउन्ती गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलले बताउनुभयाे । उहाँका अनुसार स्तराेन्नति गर्न लागिएको अस्पताल निम्नअनुसार रहेका छन् ।
१) घादिड अस्पताल (धादिडबेशी) – १०० बेड
२) त्रिशुली अस्पताल (नुवाकोट ) -१०० बेड
३)हेटौडा अस्पताल ( मकवानपुर ) -३०० बेड
४) सिन्धुली अस्पताल (सिन्धुली )-१०० बेड
५) भक्तपुर अस्पताल (भक्तपुर ) – ३०० बेड
६) बकुलर अस्पताल (चितवन ) – १०० बेड
७) सिन्धुपाल्चोक अस्पताल ( सिन्धुपाल्चोक ) ५० बेड
८) रामेछाप अस्पताल (रामेछाप ) -५० बेड
९) पशुपति चौलागाई अस्पताल (दोलखा ) – ५० बेड
१०) मेथिनकोट अस्पताल ( काभ्रे ) – ५० बेड