चिसोमा रहनुस् चनाखोः यसरी हुनसक्छ दम, थाहा पाउनुस् बच्ने उपाय

मूलखबर संवाददाता
काठमाडौं

अहिले नेपालमा जाडो बढिरहेको छ। जाडो मौसममा चल्ने चिसो हावाले रुखोपन बढाउँछ, नाकमा म्युकस हुने गर्छ जसले भित्रको छालालाई नरम बनाउँछ । जब हामी चिसो हावामा स्वास लिन्छौं, उक्त म्युकस सुक्ने गर्छ जसले गर्दा नाकमा भित्र सुन्निने समस्या आउँछ । 

यसले गर्दा दमका रोगीलाई समस्या उत्पन्न हुन्छ । साथै जाडोमा संक्रमण पनि बढी हुन्छन् जस्तै, रुघाखोकी, फ्लू, चिसो जस्तो स्वासप्रस्वाससँग जोडिने खतरा बढ्छ साथै दम जस्ता समस्या आउँछ ।

कस्ता हुन्छन् दमका लक्षण

स्वास फेर्ने क्रममा धर धर आवाज आउनु
स्वास बढ्नु
छातीमा अफ्ठेरो हुनु
लगातार खोकी लाग्नु
मुटुको धड्कन बढ्नु
बेहोशी जस्तो महसुस हुनु
थकान
रिंगटा लाग्नु
ओंठ तथा औला निला हुनु
चिसोमा किन बढ्छ दम

दमबाट बच्ने उपाय
दमबाट बच्न त्यस्ता चिजबाट टाढा रहने जसले गर्दा यो बढ्ने गर्दछ ।
रुघाखोकी तथा फ्लू जस्ता स्वासप्रस्वाससँग जोडिएका संक्रमणको खतरा चिसो मौसममा बढि हुन्छ जसले दमलाई झनै बढाउन सक्छ । त्यसैले फोक्सोलाई स्वस्थ राख्न हरेक वर्ष फ्लुको भ्याक्सिन लगाउने गर्नुहोस् ।
समस्या बढी भएमा डाक्टरसँग सल्लाह लिने र औषधिको सेवन पनि समयमा गर्ने ।
छिटो आराम हुने औषधि तथा इनहेलरलाई सधैँ आफ्नो साथमा राख्ने ।
यसमा दिइएको जानकारी विभिन्न अध्ययनबाट गरिएको सल्लाहको रुपमा लिनुहोला । साथै अन्य धेरै समस्या भएमा डाक्टरको सल्लाह लिन नभुल्नुहोला ।