
उदयपुरमा पहिलो पटक डायलासिस सेवा सुरु
जिल्ला अस्पताल उदयपुरले पहिलो पटक डायलासिस सेवा सुरु गरेको छ । अस्पतालले मृगौला पीडितलाई हेमा डायलासिस सेवा ५ ओटा मेशिन सहित सेवा सुरु गरेको हो । हेमो डायलासिस सेवा संघिय सांसद तथा डा. नारायण खड्काले आज उद्घाटन गर्नु भएको छ । डायलासिस सेवा देशभर निःशुल्क रुपमा प्रदान गरिने भए पनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरु निकै महंगोमा सेवा लिइरहन बाध्य थिए ।
‘यसअघि धरान बिराटनगरका सुविधा सम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरुले डायलासिस सेवा लिइरहेका थिए । अब घरपायक सेवा पाउने भएको अस्पतालका मे.सु ज्ञानेन्द्र झाले बताएका छन् । ‘डाइलासिस सेवाका लागि जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ,‘सेवालाई प्रभावकारी बनाउन आवश्यक ब्यवस्थापन गरेका छौ’ आर्थिक अभावका कारण डायलासिसका लागि जिल्ला बाहिर जान नसक्ने बिरामीले मृत्यु पर्खेर बस्नुपर्ने बाध्यताले सताइरहेकालाई यो सेवाले धेरै सहज हुने झाले बताएका छन् ।
