
चीनको कान्सु प्रान्तमा शक्तिशाली भूकम्प, ९५ जनाको मृत्यु
उत्तरपश्चिम चीनमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम चीनको कान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको हो ।
२२० जना घाइते भएका बीबीसीले जनाएको छ । कान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ ।
आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ । यसअघि नेपालमा भूकम्प जाँदा चीनले धेरै सहयोग गरेको थियो।
