गाजाको बेहाल, मारिनेको संख्या १८ हजार, आधा जनसंख्या भोकमरीमा

मूलखबर संवाददाता
काठमाडौं

गाजामा इजरायली आक्रमणबाट मारिनेको संख्या १८ हजार पुगेको छ । आइतबारसम्म १८ हजार जनाको मृत्यु पुष्टि भएको अल्जजिराले जनाएको छ ।

अक्टोबर ७ यता गाजामा झन्डै ५० हजारजना घाइते भएका छन् । नौ हप्ताअघि अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । जसमा १२ सय जना मारिएका थिए । हमासले २४० जनालाई बन्दी बनाएको थियो । जसमध्ये केही रिहा भइसकेका छन् ।

इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निभाइरहेको कतारले अस्थायी युद्धविरामको प्रयास गरे पनि सफल हुन सकेको छैन ।

आधा जनसंख्या भोकमरीमा

संयुक्त राष्ट्र सङ्घका एकजना वरिष्ठ सहायता अधिकारीले लडाइँ जारी रहँदा गाजाको आधा जनङ्ख्या भोकमरीको चपेटामा परेको चेतावनी दिएका छन्।

राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमका उप कार्यकारी निर्देशक कार्ल स्काउले गाजामा आवश्यक पर्ने खाद्यान्न आपूर्तिको एउटा सानो अंश मात्र त्यहाँ प्रवेश गर्न पाएको बताए।

उनका अनुसार त्यहाँ अहिले १० जनामध्ये ९ जनाले दैनिक खानेकुरा खान पनि पाएका छैनन्।

इजरेलले गाजाबाट हमासलाई समाप्त पार्न र आफ्नो देशका बन्धकहरूलाई मुक्त गर्न गाजामा हवाई आक्रमण जारी राख्नुपर्ने बताएको छ।

इजरेल डिफेन्स फोर्स आईडीएफका प्रवक्ता रिचर्ड हेचले शनिवार बीबीसीसँग भने, “कुनै पनि सामान्य नागरिकको मृत्यु पीडादायी हुन्छ तर हामीसँग विकल्प छैन।”

नागरिकहरूको ज्यान नलिनका लागि “गाजा स्ट्रिपमा आफूले सक्दो प्रयास गरिरहेको” उनले दाबी गरे।

आईडीएफका प्रमुख हर्जी हेलेभीले सेनालाई “कडा दबाब दिनुपर्छ” भन्दै गरेको भिडिओ देखिएको छ।

त्यसमा उनले “हामीले आतङ्ककारीहरूले आत्मसमर्पण गरेको देखिरहेका छौँ… त्यो भनेको उनीहरूको सञ्जाल ध्वस्त हुँदैछ भन्ने सङ्केत हो” भनेका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले इजरेललाई अस्त्र बिक्री गर्नका लागि त्यहाँको कङ्ग्रेसलाई छल्न आपत्कालीन कानुनको प्रयोग गरेको छ।

अमेरिकाले इजरेललाई १० करोड ६० लाख अमेरिकी डलरभन्दा बढीका अस्त्रहरू दिने भएको छ।

गत अक्टोबर ७ मा हमासले इजरेलमाथि हमला गरेर एक हजार दुई सय जनाभन्दा बढीको ज्यान लिनुका साथै २४० जनालाई बन्धन बनाएपछि गाजामा आवतजावतका लागि इजरेलले व्यापक प्रतिबन्ध लगाएको छ।

अक्टोबर ७ पछि इजरेलले गाजासँगको आफ्नो सिमाना बन्द गरेर त्यस क्षेत्रमा हवाई हमला गर्न थालेको थियो।

उसले गाजावासीको मुख्य खाद्यान्नको स्रोत खाद्य सहायता वितरणलाई पनि प्रतिबन्धित गर्‍यो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेली हमलाका कारण हालसम्म ७ हजार जनाभन्दा बढी बालबालिकासहित १७ हजार ७ सय भन्दा धेरै गाजावासीहरू मारिएको जनाएको छ।