विदेशी मुद्राको भाउ, यस्तो छ राष्ट्रबैंकले तोकेको आजको मूल्य

मूलखबर संवाददाता
काठमाडौं

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।