
वीर अस्पतालका निर्देशक डा. पाैडेल स्वास्थ्य मन्त्रालय तानिए
अन्तत: वीर अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेल स्वास्थ्य मन्त्रालयमा तानिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले निर्देशक पौडेललाई मन्त्रालय तानेका हुन् ।
निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै मन्त्रालयलाई पत्र पठाएपछि मन्त्री बस्नेतले पौडेललाई मन्त्रालय तानेका हुन् ।
पूर्वस्वास्थ्य मन्त्री पदम गरीले वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका पौडेललाई मन्त्री बस्नेतले मन्त्रालयमा ल्याएका छन् । स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र (वीर अस्पताल)मा उच्च तहको नेतृत्वमा कांग्रेस निकटका डाक्टर तथा स्वास्थ्य कर्मीहरूलाई नियुक्त गर्दै आएका छन् ।
