कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

प्रधानमन्त्री प्रचण्ड दुबईमा, नेपाली दुतावासको निरिक्षण

मूलखबर संवाददाता
काठमाडौं

दुबई, १३ मंसिर २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकन तथा निरिक्षण गर्नु भएको छ । दुतावासको अवलोकन गरि छलफल गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको प्रभावबाट सिर्जित समस्याको कारण हामी होइनौं, हामीले नगरेको कर्मको भारी बोकेका छौँ, भन्नुभयो । उहाँले नेपाल कोप २८ मा माग्नेको रूपमा होइन अधिकार कायम गर्ने गरी प्रस्तुत हुने मनस्थिति र तयारी रहेको बताउनु भयो

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १४ गते संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको थियो ।

स्थानीय समय अनुसार राति करिब १ः३० बजे उहाँ दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो । दुबई विमानस्थल प्रधानमन्त्री प्रचण्डलाई नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सी लगायत युएईस्थित दूतावासका अधिकारीहरुले उहाँको स्वागत गर्नुभयो ।

त्यसैगरी साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । उहाँले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनुहुनेछ ।

छान्नुहोस् र सुन्नुहोस्