जनक माविको उदाहरण, भैलो खेलेको पैसा भूकम्प पीडितलाई

मूलखबर संवाददाता
काठमाडौं

काभ्रेको नमोबुद्ध ४ स्थित जनक माविले तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसा भूकम्प पीडितलाई पठाएको छ।

शिक्षालाई नाफामुखी बनाउने प्रतिस्पर्धा चलिरहेको बेला अनुकरणीय उदाहरण प्रस्तुत गर्दै जनक माविले देउसीबाट जम्मा भएको रु. १६ लाख २५ हजारमध्ये रु. ७ लाख जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितका लागि पठाएको हो।

विद्यालयले जम्मा गरेको रकम बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरिएको छ। नेपालका उद्योगपति सहित बैंकहरूले नाफा कम भएकै कारण अर्थतन्त्रबारे नकारात्मक टीका टिप्पणी गरिरहेको बेला जनक माविले समाज सेवाको उदाहरण देखाएको छ।