
विपिनलाई सकुशल रिहाई गराउन प्रधानमन्त्रीले मागे कतारसँग सहयाेग
प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले हमासको कब्जामा रहेका भनिएका नेपालका विद्यार्थी विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।
नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग शुक्रबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन् ।
मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरेका हुन् ।
