काठमाडौंमा मध्यरातमा ४.५ रेक्टरकाे भुकम्पकाे धक्का

मूलखबर संवाददाता
काठमाडौ, ७ मंसिर

नेपालकाे राजधानी काठमाडौंमा भूकम्पको कडा धक्का महसुस गरिएको छ। विहिवार १ बजेर १९ मिनेटमा काठमाडौँमा भूकम्पको कडा धक्का महसुस गरिएको हो ।

भुकम्प मापन केन्द्रका अनुसार भुकम्पकाे केन्द्रविन्दु मकवानपुर जिल्लाकाे चित्लाङ रहेकाे छ । भुकम्प ४.५ रेक्टर स्केलकाे रहेकाे केन्द्रले जनाएको छ । कम्पनबाट मानविय र भाैतिक क्षतिकाे खबर नआएको प्रहरीले बताएको छ ।

थप विवरण आउन बाकि रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।