
दैलेखका एमाले नेताहरू एमाले छाडी माओवादीतिर
नेकपा (एमाले) का नेताहरू एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेकाे छ ।
दैलेखकाे कम्युनिष्ट आन्दोलनका स्थापित नेता तथा नेकपा एमालेका तर्क बहादुर शाही र नेकपा एमालेका पुर्व कर्णाली प्रदेस सदस्य तथा ठाँटीकाध गाउपालिका दैलेखको प्रथम निर्बाचित उपाध्यक्ष महिला नेतृ सुस्मिता सिंह एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका खादा माला लगाएर प्रवेश गराउनुभएकाे हाे । साे अवसरमा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरूङकाे पनि उपस्थिति रहेको थियाे ।
