भुकम्पले सल्यानमा १२ सय बढि घर ध्वस्त, मानविय क्षति भएन, पीडितहरू मर्कामा

मूलखबर संवाददाता
काठमाडौं

जाजरकोट केन्द्र भएर गएको भुकम्पले सल्यानमा पनि १२०० भन्दा बढि घर पुरै क्षति भएका जानकारी आएको छ । तर मानविय क्षति भने नभएकाे प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुकले बताउनुभयाे ।

जाजरकोट, रूकुम पश्चिम हुँदै सल्यानकाे स्थलगत अवलाेकनपछि इच्छुकले दिनुभएको जानकारी अनुसार पहिले अलि अलि घरमा क्षति भएको खबर अनुसार धेरै ध्यान नदिएकाे तर पछिका लगातारको पराकम्पनले सबै घरहरू बस्नै नमिल्ने गरि भत्किएका छन् । सल्यानकाे दार्मा गाउँपालिका, बागचाैर नगरपालिका, बनगाढ कुपिण्डे नपा, कुमाख गाउँपालिका लगायतमा घरहरू क्षति भएका उहाँले बताउनुभयाे ।

सबैकाे ध्यान मानविय क्षति भएकाे जाजरकोट र रूकुममा भएकाेले सल्यानकाे अवस्थाबारे धेरैलाई जानकारी नभएको बताउँदै पत्रकार इच्छुकले प्रदेश सरकार र केन्द्रीय सरकारकाे ध्यानाकर्षण गराएकाे बताउनुभयाे ।
उहाँका अनुसार त्यस क्षेत्रमा राहतका अन्य सामग्री भन्दा तत्काल टेन्ट र पालकाे बढि आवश्यकता देखिएकाे छ ।

#जाजरकोट भुकम्प