एमाले जिफन्ट निकट ललितपुर प्रमुखसहित ३५ जना माओवादीमा प्रवेश
एमाले जिफन्ट निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनबाट बिद्रोह गर्दै प्रदेश सल्लाहकार तथा ललितपुर प्रमुख सहित ३५ जना नेता कार्यकर्ता माओवादी निकट संगठनमा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र उपत्यका बिशेष प्रदेश मजदुर महाशाखा अन्तर्गत यातायात शाखा क,ख र ग को संयुक्त बैठक प्रशिक्षण सहित प्रवेश कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले स्वाागत गरेका थिए ।
नर वहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उप महासचिव तथा उपत्यका बिशेष प्रदेश कमिटिका इन्चार्ज वर्षमान पुन ” अनन्त” प्रमुख अतिथि रहेका थिए भने उपत्यका बिशेष प्रदेश अध्यक्ष जगत सिंखडाकाे बिशेष उपस्थिति रहेको थियाे । त्यसैगरी मजदुर महाशाखा अध्यक्ष शालिक काफ्ले लगायत प्रदेश तथा महाशाखा कमिटिका पदाधिकारिको उपस्थिति थियो।
कार्यक्रममा एमाले जिफन्ट निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनबाट बिद्रोह गर्दै प्रदेश सल्लाहकार तथा ललितपुर प्रमुख कं रामकाजि कुँवर प्रदेश सल्लाहकार पुर्व जिल्ला उपाध्यक्ष सिताराम घिमिरे लगायत ३५ जना जिल्ला तथा इकाई कमिटीका मजदुर नेताहरु नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल यातायात मजदुर संघमा प्रबेश गरेका हुन् । प्रमुख अतिथिबाट नव प्रबेशीहरुलाई टिका तथा खादाले स्वागत गर्दै श्रमिक वर्गको एक मात्र प्रिय पार्टी माओवादी केन्द्र भएको बताएका थिए ।
नव प्रवेशीको तर्फबाट सिताराम घिमिरेले बोल्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुको कारणबारे प्रस्ट पारेका थिए । यसैगरि अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक के.सी महाशाखा अध्यक्ष तथा अन्टुफ महासचिवले पार्टी र संगठनको बिषयमा निर्देशनमुलक भनाई राखेका थिए । कार्यक्रम सञ्चालन बिष्णु भाटले गरेका थिए ।