प्रतिकूलताकाबीच चीनको आर्थिक वृद्धि, यो वर्ष पनि साढे ५ प्रतिशतको प्रक्षेपण

मूलखबर संवाददाता
बेइजिङ

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले मंगलबार चीनको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२३ मा पाँच दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

आईएमएफका प्रथम उपप्रबन्ध निर्देशक गीता गोपीनाथले चीनको भ्रमण गरेपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चिनियाँ अर्थतन्त्र सरकारको सन् २०२३ को विकास लक्ष्य पूरा गर्ने मार्गमा छ, यसले कोभिडपछिको सुदृढ सुधारलाई दर्शाउँछ ।”

चीनका मिसन प्रमुख सोनाली जैन–चन्द्राको नेतृत्वमा आईएमएफको एउटा टोलीले सन् २०२३ आर्टिकल ४ कन्सल्टेसनमा छलफल गर्न अक्टोबर २६ देखि नोभेम्बर ७ सम्म चीनको भ्रमण गरेको थियो ।

मिसन टोलीले आर्थिक सम्भावना र जोखिम, सुधारको प्रगति र चुनौती तथा नीति प्रतिक्रियाहरूमा विचार आदानप्रदान गर्नका लागि सरकार, जनता तथा निजी क्षेत्रका प्रतिनिधि र शिक्षाविद्हरूसँग रचनात्मक छलफल गरेको थियो ।

यसैबीच, हाल शाङहाईमा भइरहेको छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा अधिकांश सिर्जनशील उत्पादित वस्तुहरूको प्रदर्शनले डिजिटल स्मार्ट र हरित विकास लगायतका अग्र विज्ञान-प्रविधिलाई आगन्तुकसमक्ष देखाएको छ।

विश्वमा आयात मुख्य विषय रहेको पहिलो राष्ट्रस्तरीय मेलाको रूपमा रही आयात एक्स्पो सुनौलो मार्का बन्नुका साथै चीनले विभिन्न मुलुक सँगै मिलेर सिर्जनशील निहित शक्तिलाई प्रवर्द्धन गर्ने उत्कृष्ट चौतारो पनि बनिसकेको छ। यसका अतिरिक्त चीनले नवीन विकास रणनीति सफल भएको अनुभवले विदेशी व्यापारीहरूका लागि सिर्जनशील गतिविधिको जग पनि बसालेको छ।

आगामी दिनहरूमा विश्वका झन् झन् बढी व्यवसायहरूले आयात एक्स्पोमार्फत चिनियाँ शैलीको आधुनिकीकरण निर्माणबाट ल्याइने पर्याप्त अवसरको उपभोग गर्नसक्ने छन्।