यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
लमजुङ हिलेटक्सारमा दाेस्राे वडाध्यक्ष कप फुटबल प्रतियोगिता. मूलखबर संवाददाता लमजुङ, २२ कात्तिक लमजुङ जिल्लाकाे दाेर्दी गाउँपालिका वडा नं ९ मा दाेश्राे वडाध्यक्ष कप फुटबल प्रतियोगिताकाे उद्घाटन भएको छ ।. प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेलकाे प्रमुख आतिथ्यतामा शुरू भएको प्रतियोगितामा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि रहेकाे छ ।. कार्यक्रममा १० वटा टिमकाे सहभागीता रहेकाे थियाे । वडाध्यक्ष आशिष तामाङकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य उर्मिला माझी पाैडेलले खेलकुदले मानिसकाे शारीरिक मात्रै नभई मानसिक विकासमा समेत भुमिका खेल्ने भएकोले खेलकुदलाई समाज रूपान्तरणको साधन बनाउनुपर्ने बताउनुभयाे ।. उहाँले सरकारले खेलकुदकाे विकासमा पर्याप्त बजेट उपलब्ध गराउन काेशिस गरिरहेकाे अवस्थामा वडाध्यक्ष कपले स्थानीय खेलप्रेमी र खेलाडीहरूकाे मनाेबल बढाउने बताउनुभयाे ।. उहाँले आफुले यस क्षेत्रमा खेलकुद, खेलाडी र पुर्वाधार विकासमा पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।. हिले टक्सारकाे बिकास र समृद्धिमा हाम्रो ध्यान खेलकुदकाे बिकासमा युवालाई प्राेत्साहन भन्ने मुल नाराकाे साथ आयोजित दाेस्राे वडा कप कार्यक्रम हिले टक्सार खेल मैदानमा सम्पन्न भएको हाे । कार्यक्रममा अतिथिलाई आफ्नै टाेल र वडाका जनताले उत्पादन गरेको अर्गानिक मह मायाको चिनाे प्रदान गरिएकाे थियाे ।. कार्यक्रममा दाेर्दी गाउँपालिका उपाध्यक्ष भिक्षा घले, वडा सदस्यहरू, गाउँपालिका र वडाका कर्मचारीहरू, स्थानीय शिक्षक, विद्यार्थी, आमा समुह र अभिभावकहरूकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।.
लमजुङ हिलेटक्सारमा दाेस्राे वडाध्यक्ष कप फुटबल प्रतियोगिता
मूलखबर संवाददाता
लमजुङ, २२ कात्तिक
लमजुङ जिल्लाकाे दाेर्दी गाउँपालिका वडा नं ९ मा दाेश्राे वडाध्यक्ष कप फुटबल प्रतियोगिताकाे उद्घाटन भएको छ ।
प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेलकाे प्रमुख आतिथ्यतामा शुरू भएको प्रतियोगितामा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि रहेकाे छ ।
कार्यक्रममा १० वटा टिमकाे सहभागीता रहेकाे थियाे । वडाध्यक्ष आशिष तामाङकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य उर्मिला माझी पाैडेलले खेलकुदले मानिसकाे शारीरिक मात्रै नभई मानसिक विकासमा समेत भुमिका खेल्ने भएकोले खेलकुदलाई समाज रूपान्तरणको साधन बनाउनुपर्ने बताउनुभयाे । 
उहाँले सरकारले खेलकुदकाे विकासमा पर्याप्त बजेट उपलब्ध गराउन काेशिस गरिरहेकाे अवस्थामा वडाध्यक्ष कपले स्थानीय खेलप्रेमी र खेलाडीहरूकाे मनाेबल बढाउने बताउनुभयाे ।
उहाँले आफुले यस क्षेत्रमा खेलकुद, खेलाडी र पुर्वाधार विकासमा पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
हिले टक्सारकाे बिकास र समृद्धिमा हाम्रो ध्यान खेलकुदकाे बिकासमा युवालाई प्राेत्साहन भन्ने मुल नाराकाे साथ आयोजित दाेस्राे वडा कप कार्यक्रम हिले टक्सार खेल मैदानमा सम्पन्न भएको हाे । कार्यक्रममा अतिथिलाई आफ्नै टाेल र वडाका जनताले उत्पादन गरेको अर्गानिक मह मायाको चिनाे प्रदान गरिएकाे थियाे । 
कार्यक्रममा दाेर्दी गाउँपालिका उपाध्यक्ष भिक्षा घले, वडा सदस्यहरू, गाउँपालिका र वडाका कर्मचारीहरू, स्थानीय शिक्षक, विद्यार्थी, आमा समुह र अभिभावकहरूकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।
