तेस्रो राष्ट्रिय माझी गाेल्डकप सिन्धुलीमा शुरू

मूलखबर संवाददाता
सिन्धुली, १३ कात्तिक

माझी समुदायका युवाहरूकाे सक्रियतामा र सहमागितामा तेस्रो राष्ट्रिय माझी गोल्डकप सिन्धुलीमा शुरू भएको छ ।

सिन्धुली जिल्लामा आयोजित तेस्रो राष्ट्रिय माझी गोल्डकपको साेमबार भव्यताका साथ उद्घाटन गरिएको हाे । उदघाटन कार्यक्रम संघिय सरकारका युवा तथा खेलकुद विकास मन्त्री डिग बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हाे । खेलकुद कार्यक्रममा विशिष्ट अतिथिकाे रूपमा प्रतिनिधि सभा सदस्य माननिय उर्मिला माझी रहनुभएकाे थियाे भने बागमती प्रदेश सभा सदस्य शुस्पा भुजेल, माझी महिला नेतृ तथा बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझी लगायत अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा सम्वाेधन गर्दै युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले सरकारले खेलकुदकाे विकासमा क्रमश बजेट थप गरिरहेको बताएका थिए ।

प्रतिनिधिसभा सदस्य उर्मिला माझिले खेलकुदले मानिसकाे शारिरीक, मानसिक र बाैद्विक क्षमताकाे अभिवृद्धि गर्ने मात्रै नभई राष्ट्रकाे पहिचान र ओेज समेत बढाउने बताउनुभएको छ ।

खेलकुद प्रतियाेगितामा देशभरबाट माझी समुदायका युवायुवतीकाे सहभागीता रहने आयाेजकले जनाएका छन् । गाेल्डकपकाे शुरूवात मकवानपुरकाे जुरेलीबाट भएको थियाे । त्यसपछि दाेस्राे खेलकुद रामेछापको मन्थलिका आयाेजना गरिएको थियाे भने यसपटकको सिन्धुलीको मरिनमा आयाेजना गरिएको छ ।