आज विदेशी मुद्राको विनिमय दर कति? (सूचीसहित)

मूलखबर संवाददाता
काठमाडौं

सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज थोरै बढेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.५१ र खरिद दर १३२.९१ कायम भएको छ।

सोमबार १ अमेरिकी डलरको बिक्री दर १३३.५० र खरिद दर १३२.९१ थियो। आज युरोपियन युरोको मूल्य बढ्दा बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ। आज १ युरोको खरिद दर १४०.५८ र बिक्री दर १४१.२१ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सोमबार भने १ युरोको खरिद दर १४०.४२ र बिक्री दर १४१.०५ रुपैयाँ थियो।

सोमबार १ पाउण्ड १६१.९६ रुपैयाँमा बिक्री भएकोमा आज त्यसको मूल्य १६१.८९ रुपैयाँ तय भएको छ। यस्तै, १ पाउण्डको खरिद दर सोमबार १६१.२४ रहेकोमा आज १६१.१७ रहेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.९१ १३२.९० १३३.५१ १३३.५०
युरोपियन युरो १४०.५८ १४०.४२ १४१.२१ १४१.०५
बेलायती पाउण्ड स्टर्लिङ १६१.१७ १६१.२४ १६१.८९ १६१.९७
स्वीस फ्रान्क १४७.०७ १४७.३१ १४७.७३ १४७.९७
अस्ट्रेलियन डलर ८४.६६ ८४.१९ ८५.०५ ८४.५७
क्यानेडियन डलर ९५.९५ ९५.८१ ९६.३९ ९६.२४
सिंगापुर डलर ९७.२७ ९६.९८ ९७.७१ ९७.४१
जापानी येन १० ८.८८ ८.८८ ८.९२ ८.९२
चिनियाँ युआन १८.१७ १८.१६ १८.२५ १८.२४
साउदी अरेबियन रियाल ३५.४३ ३५.४२ ३५.५९ ३५.५८
कतारी रियाल ३६.३६ ३६.५० ३६.५३ ३६.६७
थाइ भाट ३.७ ३.६८ ३.७१ ३.७०
यूएई दिराम ३६.१९ ३६.१८ ३६.३५ ३६.३५
मलेसियन रिंगिट २७.९१ २७.८१ २८.०३ २७.९४
कोरियन ओन १०० ९.८६ ९.८० ९.९ ९.८४
स्वीडिश क्रोनर ११.९१ ११.९२ ११.९६ ११.९७
डेनिश क्रोनर १८.८४ १८.८१ १८.९२ १८.९०
हङकङ डलर १६.९९ १६.९९ १७.०७ १७.०७
कुवेती दिनार ४२९.७४ ४३०.१७ ४३१.६८ ४३२.११
बहराइन दिनार ३५२.३४ ३५२.५२ ३५३.९३ ३५४.११
स्रोत : नेपाल राष्ट्र बैंक