अब आइफोन उत्पादन भारतमा, लगानी टाटाको

मूलखबर संवाददाता
काठमाडौं

भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोन बनाउन सुरु गर्ने भएको छ ।

समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री राजीव चन्द्रशेखरले शुक्रबार बताएका हुन् ।

विस्ट्रोन कर्पोरेसनले दक्षिण भारतमा रहेको एक प्लान्ट बिक्री गर्न सहमत भएपछि टाटा इन्डिया पहिलो स्वदेशी आइफोन निर्माता बन्न लागेको हो ।

प्लान्ट स्रोतले गराएको जानकारी अनुसार कारोबार मूल्य अनुमानित १२ करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

चन्द्रशेखरले भने, “टाटा समूहले भारतबाट घरेलु र वैश्विक बजारका लागि भारतबाट आइफोन बनाउन सुरु गर्नेछ ।”