
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। विहीबार मध्यरातमा उनलाई हृदयघात भएको चीनको सिसीटिभीले जनाएको छ। उनी सांघाइमा रहेका थिए। ६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर विदा भएका थिए।
राष्ट्रपति सी चिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियताका नेता लीले राजनीतिमा आफ्नो अन्तिम वर्ष भएको बताएका थिए । लीसहित चीन सरकारका अन्य सदस्य पनि उनीसँगै सेवानिवृत्त भएका थिए।
पार्टीको नियमअनुसार पार्टी र सरकारको नेतृत्व गर्ने नेता पाँच् वर्षका दुई कार्यकालपछि रिटायर हुन्छन् । ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए।
