चिनियाँ प्रविधिः एक घण्टामा १२ हजार कुखुरा काट्ने मेसिन (भिडियोसहित)
नेपालमा कुखुरा उद्योग फस्टाएको छ। कुखुराको मासुमा आत्मनिर्भर भैसकेको पनि भन्ने गरिन्छ। तर अत्याधुनिक प्रविधिको भने अभाव छ।
तपाईंलाई थाहा नहुन सक्छ चीनमा आजभोलि प्रयोग भैरहेको प्रविधिबाट एक घण्टामा १२ हजार कुखुरा काट्न सकिन्छ। कुखुरा काट्ने औद्योगिक कारखानाले साँच्चै नै “स्वतन्त्र रूपमा कुखुराको मासु खाने सपना” साकार तुल्याएको छ।
पहिले कुखुरा कारखानामा भुत्ल्याउने, सफा गर्ने, आन्द्राभुँडी झिक्ने, सफा गर्ने काम निकै गाह्रो थियो। आजकल आधुनिक पूर्ण स्वचालित कुखुरा प्रशोधन लाइनले सबै काम मेसिनद्वारा पूरा हुन्छन्। प्रत्येक कुखुरालाई हुकमा झुण्ड्याएर र्याकमा सारिएपछि यी कुखुरा कीटाणुशोधन, विद्युतीय झटका, प्वाँख हटाउने, आन्द्राभुँडी झिक्ने र सफा गर्ने जस्ता विभिन्न प्रक्रियाहरूमा अघि बढ्छ।
हुकबाट निकालेपछि यी कुकुरा बजारको गुणस्तर मापदण्ड अनुरुप खानयोग्य रहनेछ ।यसरी कुखुरा काट्ने स्वचालित लाइनले बजारको बढ्दो मागलाई पूरा गर्दछ, स्वच्छता सुनिश्चित गर्दै समय र श्रमको ठूलो बचत गर्दछ, जसले उपभोक्ताहरूलाई ढुक्कसँग खान दिन्छ।
हेर्नुस् भिडियोः
नेपालमा पनि यो प्रविधि प्रयोग गर्न पाए हुन्थ्यो कि !
भिडियो तथा विवरण सौजन्यः सिआरआई