३२ जना नेपाली इजरायलको सुरक्षित ठाउँमा स्थानान्तरण (नामावलीसहित)

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । सरकारले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट ३२ जना नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उद्धार गरिएकाहरुको टोली नेता दाङका विपिन सुवेदीलाई तोकिएको छ ।

ज्यान जोगाउन तीन दिनदेखि बंकरमा बसेका विपिन सुवेदीसँग धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसोमात्र कुराकानी गरेका थिए । भर्चुअल कुराकानी गर्दै प्रचण्डले छिट्टै उद्धार गर्ने जानकारी गराउँदै अरु नेपाली विद्यार्थीहरुलाई पनि त्यसको जानकारी दिन सुवेदीलाई भनेका थिए । प्रधानमन्त्री प्रचण्डले धैर्य गरेर बस्न भनेको केही घण्टामै सरकारले विपिन सुवेदीले नेतृत्व गरेको ३२ जना नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

उद्धार गरिएकाहरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअभिभ क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।

नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धार गरिएको छ । यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको हो ।

तेलअभिभस्थित दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी केही स्थानान्तरण भइसकेको र केही स्थानान्तरणको प्रक्रियामा रहेको जनाएको छ । स्वदेश फर्किन चाहने भनेर २०० जनाले अनलाइन रजिष्ट्रेसन गराएको पनि दूतावासले जनाएको छ ।

उनीहरु सबै इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका र चार्टर्ड हवाई जहाजमार्फत् नेपाल ल्याउने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषदको विशेष बैठक बोलाएर समस्यामा परेका नेपालीहरुलाई यथाशीघ्र उद्धार गर्ने र उद्धारका लागि हवाई चार्टर्डको व्यवस्था गरिने बताएका थिए ।

सोही बैठकले इजरायलमा दिवंगत नेपालीका परिवारलाई जनही १० लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने र असोज २३ गते मंगलबार राष्ट्रिय शोक मनाउने निर्णयसमेत गरेको थियो ।

यी हुन् उद्धार गरिएकाहरू

रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा
बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट
आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली
नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर

लोकेन्द्र बिष्ट – बेनी अमार कृषि फर्म – मष्टामाण्डु ८, डडेल्धुरा
रोहित नायक – बेनी अमार कृषि फर्म – टीकापुर ६, कैलाली
निरञ्जन कुमार कुसहवा – बेनी अमार कृषि फर्म – पिपरीया ४, रौतहट
अरबिन कुमार चौधरी – बेनी अमार कृषि फर्म – दोधारा ९, कैलाली

उपेन्द्र जिसी – बेनी अमार कृषि फर्म – टीकापुर ९, कैलाली
ओमप्रकाश उपाध्याय – डेभिडियन कृषि फर्म – धनगढी २, कैलाली
गणेश साउद – डेभिडियन कृषि फर्म – लम्कीचुहा १, कैलाली
बादल सुवेदी – डेभिडियन कृषि फर्म – घोराही ४, दाङ
प्रविण जिसी – डेभिडियन कृषि फर्म – सिम्ता २, सुर्खेत

गणेशप्रसाद जोशी – डेभिडियन कृषि फर्म – मेलौली ५, बैतडी
नबिन घिमिरे – डेभिडियन कृषि फर्म – बंगलाचुली ३, दाङ
श्रेया तिवारी – डेभिडियन कृषि फर्म – रत्ननगर ४, चितवन
बिपना जोशी – डेभिडियन कृषि फर्म – लम्किचुहा ७, कैलाली

नारायण भुसाल – डेभिडियन कृषि फर्म – पयुं ५, पर्वत
मनिषा खनाल – डेभिडियन कृषि फर्म – रेसुंगा २, गुल्मी
लुईस रिजाल – डेभिडियन कृषि फर्म – गेरुवा ६, बर्दिया
प्रमोद भट्ट – कादोस कृषि फर्म – मेलौली ९, बैतडी

अनुप अधिकारी – कादोस कृषि फर्म – कमलामाई २, सिन्धुली
समपर्ण आचार्य – कादोस कृषि फर्म – तुल्सिपुर १२, दाङ
निश्चल पाण्डे – कादोस कृषि फर्म –टीकापुर १, कैलाली
बिभुसा अधिकारी – रचमिम कृषि फर्म – भरतपुर १५, चितवन

सुस्मा रेग्मी – रचमिम कृषि फर्म – बान्निगढी जैगढ २, अछान
रचना चौधरी – रचमिम कृषि फर्म –टीकापुर १, कैलाली
आशा मिश्र – रचमिम कृषि फर्म –लम्किचुहा ९, कैलाली

कल्पना जोशी – शोह्रसिम कृषि फर्म – गोदावरी २, कैलाली
शिला कुमारी यादव – शोह्रसिम कृषि फर्म – बढियाताल ३, बर्दिया
साधना बोहरा – शोह्रसिम कृषि फर्म – त्रिवेणी ५, सल्यान
बिपिन सुवेदी – त्रिपुर ५, दाङ (टोली नेता)