नेपालगञ्जमा आज राति पनि कर्फ्यु

मूलखबर संवाददाता
काठमाडौं

बाँके । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र आज राति पनि कर्फ्यु जारी गरिएको छ।

स्थानीय प्रशासनले आज राति ८ बजेबाट भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राख्दै स्थानीय प्रसाशनले आज दिउँसोभर निषेधाज्ञा जारी गरेको थियो ।

नेपालगञ्जमा केही दिनदेखि जारी कर्फ्यु र निषेधाज्ञासहित वार्ता र छलफललाई पनि स्थानीय प्रसाशनले जारी राखेको छ।

केहीदिन अघि धार्मिक र सामाजिक सदभावसमेत विग्रने गरी भएका गतिविधि भएपछि असोज १६ गते दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यु जारी गरिएको हो ।