इरानको जेलमा रहेकी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । इरानको जेलमा बन्द रहेकी नर्गिस मोहम्मदीले यो वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छिन्।

महिलाविरुद्ध हुने दमनविरुद्ध गरेको संघर्ष तथा सबैका लागि मानवअधिकार र स्वतन्त्रताका लागि गरेको पहलको मूल्यांकन गर्दै नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

मानवअधिकार र स्वतन्त्रताका लागि लडेवाफत उनीमाथि ३१ वर्षको जेल र १५४ पटक कोर्रा हान्ने आदेश छ । उनलाई १३ पटकसम्म पक्राउ परेकी र ५ पटकसम्म अदालतबाट दोषी ठहर भइसकेकी छन् । उनलाई आगामी डिसेम्बर १० मा नोबेल शान्ति पुरस्कार प्रदान गरिने समितिले जनाएको छ ।

सन् २०२२ मा बेलारुसी मानव अधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजले नोबेल शान्ति पुरस्कार पाएका थिए।