नेप्से परिसूचकमा ३३.२० अंकको गिरावट, कसले धेरै गुमाए ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२० अंकले घटेर १ हजार ९ सय ७१ दशमलव १० अंकमा कायम भएको छ ।

आज विभिन्न २ सय ८४ कम्पनीका ६७ लाख २३ हजार ४०० कित्ता शेयर ८२ हजार ८०० सय पटक खरिदबिक्री हुँदा एक अर्ब ८३ करोड चार लाख ८६ हजार ७४३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह ३.३२ र वित्त समूह २.१७ प्रतिशतले घटेको छ ।

आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सनराइज फस्ट म्युचुअल फन्ड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ करोड ७३ लाख ६० हजार ७४३ रूपैयाँ बराबरको तीन लाख १८ हजार सात सय २४ कित्ता शेयर किनबेच भएको छ ।