यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
रिहा भए अनमोल केसी . रिहा भए अनमोल केसी. काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नायक अनमोल केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा रिहा गर्न भनेपछि प्रहरीले हिरासत मुक्त गरेको हो ।. फिल्म रावायणका लागि १० लाख लिएको तर अन्तिम समयमा खेल्न नसक्ने भनेपछि निर्माताको उजुरीको आधारमा प्रहरीले उनलाई शनिबार नियन्त्रणमा लिएको थियो । तर स्वास्थ्यमा समस्या देखिएको भन्दै प्रहरीले उनलाई चिरायु अस्पतालमा भर्ना गरेको थियो ।. उनीमाथि अनुसन्धानका लागि म्याद थप गराउन प्रहरीले आइतबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर अदालतले उनी हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको भन्दै हाजिर जमानीमा छाडेको हो । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।. अनमोल प्रहरीले खोजेको बखत उपस्थित गराउने सर्तमा छुटेका छन्। उनको जिम्मा काकाले लिएका थिए । छुटे लगत्तै गाडी चढेर अनमोल सिधै घर गएका छन्।.
रिहा भए अनमोल केसी
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नायक अनमोल केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा रिहा गर्न भनेपछि प्रहरीले हिरासत मुक्त गरेको हो ।
फिल्म रावायणका लागि १० लाख लिएको तर अन्तिम समयमा खेल्न नसक्ने भनेपछि निर्माताको उजुरीको आधारमा प्रहरीले उनलाई शनिबार नियन्त्रणमा लिएको थियो । तर स्वास्थ्यमा समस्या देखिएको भन्दै प्रहरीले उनलाई चिरायु अस्पतालमा भर्ना गरेको थियो ।
उनीमाथि अनुसन्धानका लागि म्याद थप गराउन प्रहरीले आइतबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर अदालतले उनी हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको भन्दै हाजिर जमानीमा छाडेको हो । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।
अनमोल प्रहरीले खोजेको बखत उपस्थित गराउने सर्तमा छुटेका छन्। उनको जिम्मा काकाले लिएका थिए । छुटे लगत्तै गाडी चढेर अनमोल सिधै घर गएका छन्।