नारायणी डेभलपमेन्ट बैंककाे सिइओमा लमजुङका विष्णु रेग्मी नियुक्त

मूलखबर संवाददाता
चितवन, ८ असाेज

नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा लमजुङका विष्णु रेग्मी नियुक्त भएका छन् ।

लमजुङको दाेर्दी गाउँपालिका वडा नं २, साविकको अर्चलबाेट गाविस वडा नं ९ मा जन्मेर हाल चितवन भरतपुरमा बसाेवास गर्दै आउनुभएका रेग्मीलाई बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले असोज ८ गतेदेखि लागु हुने गरि सिइओमा नियुक्त गरेको हो ।

२०५२ साल फाल्गुण १६ गतेवाट स्थायी नियुक्ति लिएर नारायणी फाइनान्स लिमिटेडबाट बित्तिय क्षेत्रमा पाइला टेकेका रेग्मीले २७ बर्ष पछि २०८० साल श्रावण ४ गतेबाट कुमारी बैंकको क्षेत्रीय प्रवन्धकको भुमिकाबाट अवकाश लिएका थिए ।

उनकाे नारायणी फाइनान्स लिमिटेडमा सहायक पदबाट शूरु भएको यात्रा नारायणी नेशनल फाइनान्स, सनराइज बैंक, देव विकास बैंक, कूमारी बैंक हूंदै आजबाट नारायणी डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा आइपुगेको छ । रेग्मीलाई कार्यकाल सफलताको शुभकामना !!