आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । बिहान वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण नदीको जलसतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधाको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू–भाग र मध्य प्रदेशको पश्चिमी भू–भाग आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ। आइतबार भएको फाइनल खेलमा घरेलु मैदान कोलम्बोको आर प्रेमदासा स्टेडियममा श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदै ५० रनमा समेटिएको थियो। जसलाई भारतले ६.१ ओभर खेल्दै भेटाएको हो। भारतलाई जिताउने क्रममा बलिङतर्फ मोहम्मद सिराज ६ विकेट लिए भने हार्दिक पान्ड्याले ३ विकेट लिए।

भारतका लागि ओपनर इशान किसानले १८ बलमा २३ रन र शुभनम गिलले १९ बलमा २७ रन बनाए। भारतका ६ विकेट लिएका मोहम्मत सिराजले चरिथ असालङ्का, सदिरा समरविक्रमा, पथुम निसांका, दसुन शनाका र कुसल मेन्डिसलाई आउट गरेका थिए। मोहम्मद सिराजले वान डे क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने विश्व रेकर्डको बराबरी गरे।

नेपाल पनि सहभागी भएको एसिया कपमा नेपाल भारत र पाकिस्तानसँग पराजित भएको थियो।