
चार जिल्लाका सिडिओ फेरिए, १० उपसचिवको सरुवा,
काठमाडौं । गृह मन्त्रालयले १० उपसचिवको सरुवा गरेको छ। यो सरुवाबाट चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्।
उपसचिव चेतराज बराललाई ओखलढुंगा, अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सिडिओ बनाएर पठाइएको छ ।
ओखलढुंगामा सिडिओमा कार्यरत प्रदर्शनी कुमारी र डडेल्धुराका विश्वराज न्यौपानेलाई गृह मन्त्रालय तथा मुस्ताङका अनुप केसीलाई रौतहटको सहायक सिडिओमा सरुवा गरिएको छ।
त्यस्तै, उपसचिव झरेन्द्र चापागाईंलाई मकवानपुरको सहायक सिडिओ, नेत्रप्रसाद आचार्यलाई इप्रका चन्द्रनिगाहपुर र ज्ञाननाथ ढकाललाई इप्रका फर्पिङमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
