विदेशी मुद्राको मूल्यः आज यस्तो छ राष्ट्रबैंकको विनिमयदर

मूलखबर संवाददाता
काठमाडौं

के तपाईँसँग डलरसहित विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने शुक्रवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरिसकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ रुपैयाँ रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९२ पैसा रहेको छ ।