
क्रान्ति पूरा गर्न समाजवादी मोर्चा : विप्लव
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपालका सच्चा कम्युनिस्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । एकता तत्काल सम्भव नभए समाजवादी मोर्चामा आउनुपर्ने उनको भनाइ छ ।
बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले दलाल पुँजीपतिले नेपाललाई गम्भीर मोडमा लगिरहेको भन्दै सच्चा क्रान्तिकारी कम्युनिष्टहरुबीच एकता आवश्यक रहेको बताएका हुन् ।नेपालमा नक्कली बाख्राको खोर देखाएर अनुदान खाने कम्युनिष्टहरु पनि रहेको भन्दै उनले सच्चा कम्युनिष्टहरु को हो भनेर छुट्याउन आह्वान गरे ।
कार्यक्रममा उनले एमसीसी जनताको हितमा नभएको दाबीसमेत गरे । ‘हामी क्रान्तिकारीहरू त्यसविरुद्ध लड्न तयार छौँ’ उनले भने ।
्
समाजवादी मोर्चा क्रान्तिको प्रतीक हो भन्दै विप्लवले नेपालमा अर्को क्रान्तिको आवश्यक रहेकाले समाजवादी मोर्चाको तयारी गरिएको बताए ।
उनले अहिलेसम्म कसैको अधीनमा नरहेको नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास भइरहेको पनि बताए ।
