अरुणाचलका भूभाग समेटेर चीनले सार्वजनिक गर्यो नयाँ नक्सा
१२ भदौ, काठमाडौं । भारतले दाबी गर्दै आएको अरुणाचल प्रदेशका केही भूभाग समेटेर चीनले नयाँ नक्सा सार्वजनिक गरेको छ । चीनको प्राकृतिक संशाधन मन्त्रालयले अरुणाचल र अक्साइ चीनलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले उक्त नक्सालाई सन् २०२३ को ‘स्ट्याण्डर्ड’ नक्सा भनेको छ ।
चीन र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । विवादका कारण चीन र भारतका सैनिकबीच तनाव सिर्जना हुने गरेको छ ।
चीनको यो नक्सामा दक्षिणी चीन सागर, ताइवान पनि समेटिएका छन् ।
यसअघि अप्रिल २०२३ मा चीनको नागरिक मामला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम बदल्न अनुमति दिएको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ जबकि भारतले चीनले पश्चिमतर्फ अक्साई चीनको ३८ हजार वर्गकिलोमिटर भूभाग अवैध तरिकाले कब्जा गरेको आरोप लगाउने गरेको छ ।
अक्साई चीन पाकिस्तान, भारत र चीनको सीमा क्षेत्रसँग जोडिएको तिब्बती पठारको एक विवादित क्षेत्र हो । विगतमा यो क्षेत्र चीन–भारत जोड्ने सिल्क रोड थियो ।
The 2023 edition of China’s standard map was officially released on Monday and launched on the website of the standard map service hosted by the Ministry of Natural Resources. This map is compiled based on the drawing method of national boundaries of China and various countries… pic.twitter.com/bmtriz2Yqe
— Global Times (@globaltimesnews) August 28, 2023