विदेशी मुद्राको मूल्यः आजको सटही दर कति

मूलखबर संवाददाता
काठमाडौं

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ९८ पैसा र बिक्री दर १६६ रूपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको छ।