
ललितानिवास प्रकरणका अभियुक्तहरूलाई आज मुद्दा
ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी भएको छ ।
यो प्रकरणमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइसकेको छ ।
सीआईबीको फाइल अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोजनको तयारी गरेको हो । आज वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनपत्र दायर गर्ने तयारी गरेको हो ।
यो प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिएर चार मन्त्रीलगायत २८६ जनामाथि मुद्दा चलाउन सीआाईबीले सिफारिस गरेको छ । सीआईबीको सिफारिसअुनसार अभियोजन हुने वकिल कार्यालय स्रोतले जनाएको छ ।
