काठमाडौंबाट बागलुङ जाँदै गरेकाे बस त्रिशुलिमा खस्याे, ८ काे मृत्युु, प्रधानमन्त्रीले दिए यस्तो निर्देशन
काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए।
मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ।
गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन्।
‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै उद्वार र उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।