राष्ट्रपतिले डाकेकाे सर्वदलिय बैठक शितलनिवासमा, एमाले अनुपस्थित
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग छलफल शुरू गरेका छन् । यसका लागि आज उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति भवन शितलनिवासमा बोलाएका छन् । अन्य सबै दलका नेताहरू उपस्थित रहेकाे बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरू अनुपस्थित रहेका छन् ।
समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन् । पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन् । यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद खुलाउने विषयमा तिब्र गृहकार्य जारि राखेका बेला राष्ट्रपतिले डाकेकाे बैठक सहयाेगि हुने देखिएकाे छ । एमालेले अनुपस्थिति जनाएर शंसय थप्ने काम गरेकाे विश्लेषण गरिएको छ ।