माओवादी केन्द्रीय समितिकाे बैठक पनि लाइभ हुने

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी गराएका हुन् ।

पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक राख्ने बताइएको छ । बैठक पाँच दिनसम्म चलने पनि आजको बैठकले निर्णय गरेको शर्माले बताएका छन ।

यस्तै, यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो ।