
लेदो सहितको पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
लेदो सहितको पहिरो खसेका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ । आज बिहान करिब पौंने १० बजे इच्छाकामना गाउँपालिका स्थित कालिखोला– ६ मा लेदो सहितको पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो ।
यस्तै सो क्षेत्रमा अहिले पनि वर्षा भैरहेको र लेदो झरिरहेको उक्त सडकखण्डका साइट सुपर भाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाएर राजमार्ग खुलाउन ३ देखि ४ घण्टा लाग्न सक्छ ।
